सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडीमा बमलाई मेयरको उम्मेद्वार बनाउने काँग्रेसको निर्णय

२०७८ चैत्र १८, ०७:३० खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौंडीमा दीपकबहादुर बमलाई मेयरको उम्मेद्वार बनाउने काँग्रेसको निर्णय गरेको छ। बैतडीको पुर्चौंडी नगरपालिकामा मेयरका लागि महाधिवेशन प्रतिनिधि दीपकबहादुर बमलाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको हो। 

काँग्रेस नगर सभापति गणेशबहादुर गडालको अध्यक्षतामा शुक्रबार बसेको नगरपालिका कार्यसमितिको बैठकले बमलाई मेयर पदका लागि उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय पारित गरेको बताइएको छ। गत स्थानीय तहको निर्वाचनमा पनि बम मेयर पदमै उम्मेद्वार रहेका थिए। त्यो बेला उनी नेकपा माओवादी केन्द्रका रणबहादुर कुँवरसंग पराजित भएका थिए। 

पुर्चौंडी नगरपालिकाको हकमा कांग्रेसले कुनै पार्टीसंग चुनावी तालमेल नगर्ने महाधिवेशन प्रतिनिधि बमले बताए। यस्तै नगरपालिका सातओटा वडामा पनि वडा अध्यक्ष पदका उम्मेद्वार सर्वसम्मत चयन गरिसकेको नेपाली काँग्रेसको पुर्चौंडी नगरपालिका कार्यसमितिले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस