सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला समन्वय समिति बैतडीमा कर्मचारी अभाव

२०७८ चैत्र १८, ०९:०८ खबर संवाददाता

धनगढी : जिल्ला समन्वय समिति बैतडीमा विभिन्न पदमा कर्मचारीको अभाव रहेको छ। स्थापनाको ५ वर्ष हुनै लाग्दा समेत समितिमा कर्मचारीको पदपूर्ती हुन नसकेको हो।  

कार्यालयमा दरबन्दीका कर्मचारी नआएका जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए। सरकारले नै समन्वय समितिको भूमिकालाई खुम्च्याएको आरोप लगाउँदै प्रमुख भट्टले कर्मचारी अभावमा समन्वय समितिका कामहरु प्रभावित भएको बताए।   

समितिमा एक/एक जना समन्वय अधिकारी, शाखा अधिकृत, इन्जिनियर, सव ओभरसियर र लेखापालको दरबन्दी खाली रहेको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी गोविन्द भट्टले बताए। समन्वय अधिकारी र शाखा अधिकृत पनि ६ महिनामात्रै पदपूर्ती भएको र त्यसपछि निमित्तकै भरमा काम भइरहेको बताइएको छ। 


 

कमेन्ट लोड गर्नुस