सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याद नाघेको जुस पिउँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी

२०७८ चैत्र १७, ०५:३५ खबर संवाददाता

काठमाडौं: ट्यांक जुस खाँदा जुम्लामा एकै  विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन्। गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेको प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए। 

विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए। बिरामी परेका विद्यार्थीको अवस्था सामान्य रहेको अभिभावक बमबहादुर कामीले बताए।  जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने, बान्ता गर्ने  समस्या देखिएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस