सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको महाकालीमा यस्तो लफडा, कर्मचारी र ठेकेदारबीच हात हालाहाल

२०७८ चैत्र १७, ०२:३४ खबर संवाददाता

धनगढीः दार्चुलाको महाकाली नगरपालिकामा बुधबार हंगामा मच्चिएको छ। दार्चुलाका पुराना व्यवसायी सर्पराज बडू र नगरपालिकाका इन्जिनियर प्रकाश साहुबीच विवाद भएर हंगामा मच्चिएको हो। 

महाकालीका नगरप्रमुख हंशराज भट्टले मध्यस्थता गरेपछि विवाद केही साम्य भएको छ। व्यवसायी बडूलाई सामान्य चोट लागेको छ। विवादपछिको हात हालाहालमा उनको ज्याकेट समेत च्यातिएको बताइएको छ।  

व्यवसायी बडूका अनुसार उनका नगरपालिकाभित्र करिब ४ करोड बराबरका दुई वटा ठेक्का चलिरहेका छन्। उनी एक महिना देखि भुक्तानीका लागि नगरपालिका धाइरहेका थिए। तर, कामको मूल्यांकन गरी भुक्तानी पाउँ भनेर गएकोमा इन्जिनियरले जहिल्यै नटेरेपछि विवाद पैदा भएको उनले बताए। अन्य कर्मचारीहरु लगायतले व्यवसायी बडूमाथि हातपात गरेको जनाइएको छ।

नगरपालिकाका इन्जिनियर साहु सोही ठाउँका स्थानीय पनि हुन्। वडा नं २ घर भएका प्रकाशका बुवा सोही वडाका वडाध्यक्ष छन्।
 

कमेन्ट लोड गर्नुस