कुलतको दलदलमा फस्दै युवायुवती, कञ्चनपुरमा करिव ७ सय लागूऔषधका मुद्धा
धनगढीः जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्ष २०७८÷२०७९ को हालसम्ममा ६ सय ९९ मुद्धा दर्ता भएका छन्। यस्तै गत आर्थिक वर्षमा फैसला हुन बाँकी ६ सय ५३ मुद्धा सरिआएको अदालत स्रोतले जनाएको छ।
स्रोतका अनुसार चालु आर्थिक वर्षमा ४ सय ८७ मुद्धा फैसला गरिएका छन्। जसमध्ये अदालतमा लागूऔषध सम्बन्धीका मुद्धा बढिरहेको बताइएको छ। विषेश गरी १८ देखि ३० वर्ष उमेर समूहका युवक–युवतीहरु लागूऔषध कारोबारमा फसेको पाइएको अदालतका सूचना अधिकारी गणेश भट्टले बताए।
त्यस्तै पछिल्लो समय जबरजस्ती करणीका झुटा मुद्धा समेत दर्ता गर्ने प्रचलन बढेको जनाइएको छ।