सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कालोपत्रेको काम सुरु भएन्

२०७५ माघ १८, १२:२० सीताराम ओझा

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको चालु आर्थिक बर्षका लागि छनोट गरिएका कालोपत्रेका योजनाहरुको काम सुरु हुन सकेको छैन् । साढे तीन करोड वढीका कालोपत्रेका योजना अगाडी वढ्न नसकेका हुन् । कालोपत्रेका लागि डिजाईन स्टिमेटको काम अगाडी वढेपनि ती योजना कार्यान्वयको चरणमा पुग्न नसकेका हुन् । यदपि ग्राबकेलका योजनाहरुको काम भने सुरु भईसकेको नगरपालिकाले जनाएको छ । केही वाहेक अधिकांश योजनाहरुको उपभोक्ता समिति मार्फत काम भईरहेको छ । 

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक बर्षका ८७ वटा ग्रावेल र १६ वटा कालोपत्रेका योजनाहरु छनोट गरिएको थियो । २ करोड तीन लाख वढीका ग्रावेलका ८७ वटा ग्रावेलका योजना र १६ वटा सडक कालोपत्रेका लागि ३ करोड ५५ लाख  रकम समेत विनियोजन भएको थियो । अघिल्लो आर्थिक बर्षमा ४० किलोमिटर सडक ग्रावेल साढे ३ किलोमिटर सडक कालोपत्रे र ९२ वटा स्थानमा स्ल्याब ह्युमपाईप कल्र्भट निर्माण गरिएकोमा चालु आर्थिक बर्षमा पनि नगर परिषद्बाट कालोपत्रे र ग्रावेलका योजनाहरु स्वीकृत भएको थियो । तीय योजनाहरु अहिले आएर सञ्चालन हुन थालेको कृष्णपुर नगरपालिका सुचना अधिकारी प्रेम बोगटीले जानकारी दिए । 

नगरपालिका क्षेत्रभित्र एक वडा १ कालोपत्रेको अवधारणा अनुरुप सबै ९ वटै वडामा १÷१ कालोपत्रे ९ वटा बाटो कालोपत्रेको अवसाधारण अनुसार योजना छानिएकोमा ती योजनाहरु अहिलेसम्म सुरु हुन सकेका छैनन् । एक वडा एक कार्यक्रम सहित स्थानीय वासिन्दाको माग र साविकको कालोपत्रेको निरन्तरताको रुपमा ७ वटा थप गरी १६ वटा सडकका लागि तीन करोड ५५ लाख रकम विनियोजनमा भएको सडक कालोपत्रे गर्नका लागि डिजाईन स्टिमेटको प्रक्रिया सकिएको छ । कालोपत्रेको काम ठेक्का सम्झौताबाट गर्नुपर्ने भएकोले त्यसका लागि सुचना प्रकाशनको तयारी भईरहेको कृष्णपुर नगरपालिका ईन्जिनियर तथा योजना शाखा प्रमुख चुडामणी कलौनीले जानकारी दिए । 

आर्थिक बर्ष २०७५÷०७६ मा नगरपालिका भित्रका बाटो मर्मत गरी स्थानीयको आवत जावतमा सहजता होस भन्ने धेयले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म ८७ बाटोमा ग्रावेल गर्नका लागि दुई करोड ३ लाख ९७ हजार बजेट विनियोजन गरिएको छ । एक दुई वाहेक सवै ग्रावेलका कामहरु भने उपभोक्ता समिती मार्फत अगाडी वढेका छन् । उपभोक्ता समितीसँग सम्झौताको काम पुसको पहिलो सातादेखि सुरु भएर काम सुरु भईसकेको छ । केही वाहेकका सवै ग्रावेलका योजनाहरु चालु अवस्थामा रहेकोले त्यसको अनुगमन निरीक्षणको काम पनि गरिरहेको नगरपालिका ईन्जिनियर तथा योजना शाखा प्रमुख कलौनीले जानकारी दिए । 
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस