सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी कांग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन

२०७८ चैत्र १६, ०९:४० खबर संवाददाता

धनगढी : नेपाली कांग्रेस बैतडीले वडा तहका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ। आगामी स्थानीय तहको निर्वाचनका लागि ८४ वटै वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति र प्रदेश क्षेत्रीय कार्यसमितिलाई वडा अध्यक्ष र सदस्य पदका लागि पत्राचार गर्दै उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गरिएको हो।

सकेसम्म सहमतिका आधारमा नाम सिफारिस गर्न र सहमति हुन नसके कार्यसमितिले बहुमतका आधारमा कम्तीमा एकजना महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने कांग्रेस बैतडीले जनाएको छ। वडा तहबाट यही चैत १८ गतेभित्र पालिका समितिमा उम्मेदवारको नाम पठाइसक्नुपर्ने, चैत २० गतेभित्र पालिका समितिले प्रदेश क्षेत्रीय कार्यसमितिमा नाम पठाइसक्नुपर्ने र प्रदेश क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहित जिल्ला कार्यसमितिमा चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गरिएको छ।

कमेन्ट लोड गर्नुस