सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैंकहरुले बढाएको चर्को ब्याजदर विरुद्ध धनगढीमा प्रदर्शन

२०७५ माघ १८, ११:५२ सीताराम ओझा

बैंकहरुले उद्योग धन्दा नै बन्द हुने गरी ऋणको ब्याज वढाएको भन्दै त्यसको धनगढीमा विरोध गरिएको छ । बैंकहरुले तरलता अभावका नाममा ब्याज दर बृद्धि गरेर अप्ठेरोमा पारेको भन्दै कैलाली उद्योग वाणिज्य संघको अनुवाईमा विरोध गरिएको हो। संघको आयोजनामा धनगढी चौराहदेखि कैलाली उद्योग वाणिज्य संघको परिसरसम्म मौन प्रदर्शन समेत गरिएको छ । प्लेकार्ड सहित व्यवसायीहरुले प्रदर्शन गरेका हुन्। 

राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड दर) को सीमासमेत नाघ्ने गरि बैकहरुले कर्जाको ब्याज दर बृद्धि गरेको भन्दै व्यवसायीहरुले त्यसलाई घटाएर ८ प्रतिशत कायम गर्न माग गरेका  छन्। तरलता अभाव र ब्याज दर बृद्धिको समस्या हल गर्न सरकार, राष्ट्र बैंक र सरोकारवालासँग आग्रह समेत गरिएको छ।
 

सीताराम ओझा दिनेश खवरका संम्पादक हुन्। उनले खेलकुद र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस