सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्सेमा दोहोरो अङ्कको गिरावट

२०७८ चैत्र १५, ०६:३५ रासस

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.२६ अङ्कले ओरालो लागेर दुई हजार ५२७.५८ मा ओर्लेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.१५ अङ्कले ओरालो लागेर ४७१.९३ मा ओर्लेको छ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत ओरालो लागेको छ। कूल २२५ कम्पनीको  ३८ लाख ९० हजार १३१ कित्ता शेयर एक अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ मूल्यमा खरिद बिक्री भए। शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण ३५ खर्ब ८६ अर्ब ८५ करोड ८८ लाख ७० हजार बराबर छ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको  छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ। होटल तथा पर्यटन २५.५२ अङ्कले ओरालो लाग्दा बैंकिङ ५.५४, व्यापार ०.५१, विकास बैंक २६.३५, जलविद्युत् १६.४८, वित्त १४.९६, निर्जीवन बीमा ७६.६९, उत्पादन १५.०१, अन्य २०.०५, लघुवित्त ३४.५४, जीवन बीमा २१९.६३, सामूहिक लगानी कोष ०.०४ र लगानी ०.०९ अङ्कले ओरालो लागेको छ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको सात करोड ९१ लाख ९९ हजार बराबरको कारोबार भयो। यस्तै, ग्लोबल आइएमई बैंक सात करोड २६ लाख ७१ हजार ७९७, नेपाल लाइफ इन्स्योरेन्स ६ करोड ५९ लाख ९९ हजार ८६७, जीवन विकास लघुवित्त पाँच करोड ७८ लाख ६३ हजार ४७२ र हिमालयन डिस्टिलरी पाँच करोड ६१ लाख ९४ हजार २३७ बराबर कारोबार भई शीर्ष पाँच स्थानमा रहे।

नेप्सेका अनुसार इमर्जिङ नेपाल, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो। यस्तै, जाल्पा सामुदायिक लघुवित्त ४.०१ र समता घरेलु लघुवित्तका लगानीकर्ताले २.३४ प्रतिशतले कमाए।

त्यस्तै, एनआइबिएल समृद्धि फण्ड दोस्रो ४.७३, मिर्मिरे माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक ३.६८, नेपाल लाइफ इन्स्योरेन्स ३.६७, जीवन विकास लघुवित्त ३.६५, र आशा लघुवित्तका लगानीकर्ताले ३.५५ प्रतिशतले गुमाए। 

कमेन्ट लोड गर्नुस