सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको नौगाडमा पहिलो पटक गाउँमै भेटेरिनरी प्रयोगशाला

२०७८ चैत्र १५, ०३:२९ रासस

दार्चुला: नौगाड गाउँपालिकाले पहिलो पटक गाउँमै भेटेरिनरी प्रयोगशाला स्थापना गरेको छ। पशुचौपायामा लाग्ने विभिन्न रोग निराकरणका लागि पहिलो पटक भेटेरिनरी प्रयोगशाला स्थापना गरिएको हो। प्रयोगशाला सङ्घीय सांसद एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले शुभारम्भ गरे। 

प्रयोगशाला स्थापनासँगै सामान्य रोगको परीक्षण गर्न बाहिर जानुपर्ने बाध्यता हटेको छ। पशुचौपायामा देखिने रोग तथा गोबर परीक्षणका लागि धनगढीसम्म जानुपर्ने झन्झट अन्त्य भएको गाउँपालिकाका योजना शाखाप्रमुख नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। यो क्षेत्रमा अधिकांशले पशुपालन गरेका छन्। पशुपालक कृषकहरुका लागि भेटेरिनरी स्थापनाले सहयोग पुग्नेछ।

कमेन्ट लोड गर्नुस