सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा खुलेको लोक सेवा आयोगको विज्ञापन खारेज गर्न माग

२०७८ चैत्र १४, ०३:५६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले आह्वान गरेको तह विहीन वन रक्षक पदको विज्ञापन खारेज गर्न माग गरिएको छ।  थारु कल्याणकारी सभा कैलालीसहित ११ संस्थाले उक्त विज्ञापन संविधान विपरीत खुलाएको भन्दै खारेज गर्न माग गरेका हुन्।

आफूहरुलाई उपेक्षा गरेर समानुपातिक समावेशी सहभागिताका सिद्धान्तलाई लत्याएको उनीहरुको आरोप छ। ‘संविधानमा थारु क्लष्टरलाई उल्लेख गरेको र थारु आयोगको व्यवस्था रहेको अवस्था हुँदाहुँदै लोक सेवा आयोगले अरू जातजाति, वर्ग, समुदायको कोटा निर्धारण गरेको तर थारु समुदायको लागि कोटा निर्धारण नगरेबाट उसको असली चेहरा उदाङिगएको जनाएको छ’ उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रदेश लोक सेवा आयोगले गत बुधवार प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदका लागि खुला तथा समावेशी गरी १६७ पदमा विज्ञापन खुलाएको थियो। 


 
कमेन्ट लोड गर्नुस