सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा शिक्षकका परीक्षाका कारण विद्यालय पाँच दिन बन्द

२०७८ चैत्र १३, ०५:५६ रासस

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द हुने भएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षकहरू विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द हुने भएका हुन्। 

गाउँपालिकाकाले आइतबार सूचना जारी गर्दै यही चैत १४ देखि १८ गतेसम्म विद्यालयहरू बन्द हुने जनाएको छ। दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयानुसार नै विद्यालय बन्द हुने भएको गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए।

गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयका पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ। उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने पुनः सञ्चालन रहने जनाइएको छ। शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदैछन्। सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाहरुको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएका छन्।

कमेन्ट लोड गर्नुस