दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु
धनगढी : दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका-३ रिल बसेडीका ५७ वर्षीय मोहनसिंह विष्टको शनिबार भिरबाट लडेर मृत्यु भएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सिँचाइका लागि कुलोमा पानी ल्याउन गएका उनी भ्याल्ले छहरा भन्ने स्थानमा भिरबाट लडेर १५० मिटर तल खसेका थिए। उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ।