भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ
विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ।
राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षिहरुले भेनेजुएलामा देशव्यापी प्रदर्शन गरिरहेका छन। सरकारी पक्षले भेनेजुएलाको सङ्कटपूर्ण अवस्थाका बारेमा रिपोर्टिङ गरेका चिलीका दुई जनालाई निर्वासित गरेका छन्।
सरकारी नियन्त्रणमा पर्ने पत्रकारहरुमा फ्रान्सका दुई जना, कोलम्बियाका दुई जना र स्पेनका एक जना रहेका छन। उल्लेखित मध्ये पछिल्ला तीन जना स्पेनको राष्ट्रिय समाचार संस्था इफेका लागि काम गर्दै आएका छन भने कम्बोडियाबाट आएका सबैजना भेनेजुएलामा उत्पन्न अस्थिरत स्थितिको रिपोर्टिङकै लागि आएका हुन।
पक्राउ परेका दुई फ्रान्सेली पत्रकार एउटा टिभी कार्यक्रमका लागि काम गर्दै आएका थिए। उनीहरुलाई सघाइरहेका यस कार्यक्रमका उत्पादक एक जना स्थानीयलाई पनि सरकारी पक्षले नियन्त्रणमा लिएको छ। अन्य दुई जना चिलीका टेलिभिजन पत्रकारलाई पनि मंगलबार बताए।
संवेदनशील मानिने ‘सुरक्षा क्षेत्र’मा काम गरेको भन्दै उनीह?लाई पक्राउ गर्न थालिएको समाचारमा जनाइएको छ। ‘यो तानाशाही काम भयो, स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजियो’, चिलीका मन्त्री रोबर्टोले ट्वीटरमा लेखेको छ।
प्छिल्ला केही वर्षमा धेरै पत्रकारलाई नियन्त्रणमा लिने तथा देश निकाला गर्ने कार्य भइरहेको भन्दै आलोचना भएको छ।
पत्रकारहरुलाई पक्राउ गरिएको बारेमा भेनेजुएलाका विदेश मन्त्री जर्ज एर्रेजाले बुधबार केही उल्लेख गरेनन्। तर धेरै विदेशी पत्रकारहरु रिपोर्टिङ गर्ने अनुमतिबिना देश छिरेको बताए।
विपक्षी नेता हुवाँ गुएइदोले केही दिन अगाडि आफैले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा थप राजनीतिक सङ्घर्ष चर्किएको छ।
मंगलबार मात्रै सर्वोच्च अदालतले गुएइदोलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको जनाएको छ। लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सङ्कट भोगिरहेको भेनेजुएलामा राजनीतिक द्वन्द्व थप बढेकाले पछिल्ला केही साता हिंसात्मक घटना पनि धेरै भएका छन।
विपक्षीहरुले बहिष्कार गरेको निर्वाचनलाई नै वैध मानेर निकोलास मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि विवाद थप चर्किएको हो। निर्वाचन निष्पक्ष हुन नसक्ने भन्दै विपक्षीहरुले निर्वाचन बहिष्कार गरेका थिए। विवादित निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि उनले यही जनवरी १० मा सपथ ग्रहण गर्नु भएको थियो। उनको सपथसँगै देशभरि विरोध प्रदर्शनहरू भएका थिए।
त्यस निर्वाचनलाई अवैध र अमान्य भनेका अमेरिका, युरोपली देशलगायतले अहिले पनि मदुरोलाई अस्वीकार गर्दै विपक्षी नेता गुएइदोलाई समर्थन जनाएका छन।
चीन, रुसलगायतका देशह?ले भने निकोलासलाई नै मान्यता दिँदै विद्रोही नेता गुएइदोको विपक्षमा उभिएका छन। रासस