सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

२०७८ चैत्र १२, ०७:२४ रासस

बर्दिया: यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच÷छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।

एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए। थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख विडारीले जानकारी दिए।

कमेन्ट लोड गर्नुस