बझाङमा १ हजार म्यादीका लागि १ हजार ६ सय आवेदन
बझाङः बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय जनाले आवेदन दिएका छन्। चैत्र ११ गतेसम्म तोकिएको भर्ना समयमा ३२६ जना महिला र १ हजार ३३० जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए।
जिल्लामा आवेदन दिएका मध्येबाट एक हजार ९३ जना छनौट गरिने छ। स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना हुन चाहनेका लागि चैत्र ११ गतेसम्मको म्याद राखिएको थियो।