सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालिका अपहरण गरी फिरौती माग्ने महिलासहित चार जना पक्राउ

२०७८ चैत्र ११, ०८:०१ खबर संवाददाता

जनकपुर: बालिका अपहरण गरी फिरौती माग्ने महिलासहित चार जना पक्राउ परेका छन्। जनकपुरको पुल्चोकबाट बालिका अपहरण गरी फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो। 

बिहीबार साँझ अपहरित बालिकालाई धनुषाको बिदेह नगरपालिका–८ वफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ। 

ध्रुव मण्डलकी ४ वर्षीया छोरीलाई बिहीबार साँझ जनकपुरस्थित घरमा खेल्दै गर्दा अपहरण गरिएको थियो। अपहरणकारीले शुक्रबार बिहान फरक–फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती मागेका थिए।
 

कमेन्ट लोड गर्नुस