सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर योगेश भट्टराईले भनेः एमालेले कुनै गठबन्धन गर्दैन

२०७८ चैत्र ११, १२:२१ खबर संवाददाता

धनगढीः पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन घोषणा नगर्ने बताएका छन्। शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

तर आवश्यकताका आधारमा तल्लो तहका कमिटिको सिफारिसमा जिल्ला कमिटिको निर्णयबमोजिम गठबन्धन हुने उनले बताए। भर्खरै सम्पन्न केन्द्रीय कमिटिको बैठकले समेत स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने उनले स्पष्ट पारे। ‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन्,’ भट्टराईले भने, ‘आवश्कयता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ।

यस्तै भट्टराइले अघिल्लो पटक देशका ४५ प्रतिशत स्थानीय तहमा नेकपा एमालेले विजयी हासिल गरेकोमा बैशाख ३० गते हुने निर्वाचनमा भने ६० प्रतिशत भन्दा बढि पालिकामा जित्ने दाबी समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस