सुदूर नेपाललाई विश्वसँग जोड्दै

डाक्टर गोविन्द केसीको समर्थनमा धनगढीमा रिले अनसन

२०७५ माघ १७, ०९:४० रोशन भट्ट

अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै धनगढीमा रिले अनसन सुरु गरिएको छ। पछिल्लो पटक डाक्टर गोविन्द केसीले पुस २५ गतेदेखि १६ औँ पटकको सत्यग्रह सुरु गरेपछि २२ दिनसम्म माग सम्बोधन नहुँदा धनगढीमा पनि चिकित्सकहरुले आजदेखि रिले अनसन सुरु गरेका हुन। नेपाल सरकारले ल्याएको चिकित्सा विधेयक विरोधमा डाक्टर गोविन्द केसी १६ औँ पटक अनसन बसेका हुन। १५ औं सत्याग्रहको क्रममा डाक्टर गोविन्द केसी र सरकारबीच एउटा विश्वविद्यालयले पाँच वटाभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्था गर्ने सहमति भएको थियो। 

तर संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गर्दा त्यो सम्झैता तोड्दै मेडिकल कलेजलाई दश वर्षभित्र गैरनाफामुखी बनाउने तर उपत्यका बाहिर निजि मेडिकल कलेज खोल्न सम्बन्धन दिने जस्ता प्रावधान ल्याएपछि यसैको विरोधमा डाक्टर केसी १६ औं पटक अनसन बसेको २२ दिन  हुँदा पनि सरकारले वार्ता गर्न तत्परता देखाएको छैन। सुदूरपश्चिमका डाक्टरहरु रिले अनसनको सुरुवात गर्दै डाक्टर केसी उठाएका माग पुरा नभए कडा आन्दोलनमा उत्र्रिने चेतावनी दिएका छन्। डाक्टर गोविन्द केसी पछिल्लो पटक अनसन बसेको २२ दिन हुदा पनि सरकारले कुनै चासो नदेखाएपछि सुदूरपश्चिमका चिकित्सकहरुले रिले अनसन सुरु गरेका हुन। 

डाक्टर केसीको जीवन रक्षाको लागि भन्दै रिले अनसन सुरु गरिएको हो  नेपाल चिकित्सक संघ सुदूरपश्चिम शाखाले रिले अनसन सुरु गरेको हो। विहान १० बजेदेखि साँझ ५ बजेसम्म २÷२ जनाको समूह बनाई २÷२ घण्टाको हिसाबले चिकित्सकहरु अनसन बस्न सुरु गरेको नेपाल चिकित्सक संघ सुदूरपश्चिमका अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए। नेपाल चिकित्सक संघले देशव्यापी रुपमा रिले अनसन सुरु गरेपछि सुदूरपश्चिममा पनि अनसन थालिएको हो। नागरिकलाई सेवा प्रवाहमा भने कुनै असन नपर्ने गरी अनसन बसेको चिकित्सकहरुले बताएका छन। डाक्टर केसीको जीवन रक्षाको लागि सुदूरपश्चिममा कार्यरत सबै डाक्टरहरु रिले अनसनमा सहभागी हुने भएका छन।

डाक्टर केसीले उठाएको माग स्पस्ट र नेपाली जनताको हितका लागि भएकाले यसमा समर्थन जनाउदै साथै डाक्टर केसीको जीवन रक्षाका लागि आफुले अनसन गरिएको चिकित्सकहरुले जनाएका छन। तत्कालका लागि रिले अनसन बसेको भएपनि माग सम्बोधन नभए रिले अनसनले फरक मोड लिने चिकित्कहरुले चेतावनी समेत दिएका छन।  सरकारले यसअघि गरेको सहमति विपरीत विश्व विद्यालयले मेडिकल कलेजलाई सम्बन्धन दिने गरी संसदको शिक्षा तथा स्वास्थ्य समितिले  चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसी १६ औं पटक अनसन वसिरहनुभएको छ। उहाँको जीवन रक्षा र माग सम्बोधनका लागि सरकारलाई दवाव दिन विभिन्न दवाव मुलक कार्यक्रम आयोजना भईरहेको अवस्थामा सुदुरपश्चिम प्रदेशका चिकित्सकहरुले पनि सो आन्दोलनमा ऐक्युबद्धता जनाउँदै आन्दोलन थालेको अनशनमा सहभागी डाक्टर कपिल गौतमले बताए। 

अनसनका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भने केसीमा निमोनिया, माशंपेशी बाउँडिने, रक्तचाप लगायत समस्या देखिएका छन। स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले केसीका शुभचिन्तक वार्ताबाट समस्याको निकास खोज्न चाहिरहेका छन। तर केसी भने पूर्व सहमति कार्यान्वयन हुने सर्तमा मात्र वार्ताको पक्षमा छन। सरकारले वेवास्ता गरेपछि डाक्टर केसीको पक्षमा देशभर जनस्तरबाट जनलहर उर्लिरहेको छ। 
  
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस