पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठुलो गल्ती’ गरे : नेटो प्रमुख
ब्रसेल्स : नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर 'ठूलो गल्ती' गरेको आरोप लगाएका छन् । 'राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र त्यो भनेको स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र विरुद्ध युद्ध सुरु गर्नु हो,' उनले भने।
'उनले युक्रेनी जनताको शक्ति, युक्रेनी जनता र उनीहरुको सशस्त्र बलको बहादुरीलाई कम मूल्याङ्कन गरेका छन्,' स्टोल्टेनबर्गले ब्रसेल्समा शिखर सम्मेलन सुरु हुनुअघि भनेका छन्। स्टोल्टेनबर्गले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य गठबन्धनका नेताहरूले पूर्वी सदस्यहरू रोमानिया, हंगेरी, स्लोभाकिया र बुल्गेरियामा नयाँ तैनाथीलाई सहमति दिएर 'लामो अवधिमा हाम्रो प्रतिरोध र रक्षाको पुन:स्थापनाको आवश्यकतालाई सम्बोधन गरिनेछ।' -एएफपी