अत्तरियामा शालिक पुनःनिर्माण गर्न जोशी र भट्टद्वारा १० हजार बढी सहयोग
२०७८ चैत्र १०, ०५:५१
धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ। गोदावरी नगरपालिका-४ का लोकेश जोशीले पाँच हजार र गोदावरीकै भक्त कुवरले रु. ५५०० सहयोग गरेका हुन्।
उनीहरुले शालिक पुनःनिर्माण समितिलाई उक्त आर्थिक सहयोग गरेको बताइएको छ। नागरिक समाजको तर्फबाट २०६२/०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।
कमेन्ट लोड गर्नुस