सुदूर नेपाललाई विश्वसँग जोड्दै

कास्की जिल्ला अदालतमा तोडफोड गर्ने व्यक्ति पक्राउ

२०७८ चैत्र १०, ०५:०५ खबर संवाददाता

कास्की: कास्की जिल्ला अदालतभित्र तोडफोड गर्ने एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका– १५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

उनले बुधबार राति पोखरा महानगरपालिका–६ बैदामस्थित जिल्ला अदालत परिसरभित्र प्रवेश गरी एक नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए।

कमेन्ट लोड गर्नुस