सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप पल्टिँदा एकको मृत्यु

२०७८ चैत्र ९, ०५:३५ खबर संवाददाता

धनकुटा: जिप पल्टिँदा एकको मृत्यु भएको छ। धनकुटाको सांगुरीगढी गाउँपालिका ६ मा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हो। 

गोलखाडी–भेडेटार भित्रीकच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडीतर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप मंगलबार राति अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा सांगुरीगढी–७ बस्ने वर्ष १९ कि श्रेया राईको मृत्यु भएको हो।

घाइते भएकी उनलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस