सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

२०७८ चैत्र ९, ०५:१५ रासस

बेइजिङ÷ताइपेई: ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र ९सीईएनसी० ले जनाएको छ ।२० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३।४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ।

ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो।हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार  प्राप्त भएको छ।

भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ। प्रभावित क्षेत्रहरू, र हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक  अधिकारीहरुले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस