अफगानिस्तानमा ६ कक्षामाथिका छात्रालाई विद्यालय जान रोक
२०७८ चैत्र ९, ०४:५९
काबुल: अफगानिस्तानमा तालिवान सरकारले छात्राहरुका लागि माध्यमिक शिक्षामा रोक लगाएको छ। विद्यालय खुलेको पहिलो दिनमा नै बुधबार तालिवान प्रशासनले यस्तो घोषणा गरेका हो। अब छात्राले कक्षा ६ भन्दामाथिको औपचारिक शिक्षाका लागि विद्यालय जान पाउने छैनन्।
शिक्षा मन्त्रालयले जारी गरेको सूचना अनुसार अर्को वैकल्पिक योजना तयार नहुन्जेलसम्म छात्राका लागि विद्यालय बन्द रहनेछन्।
कमेन्ट लोड गर्नुस