सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमानसँगको कन्फ्रेन्समा आलेले भने, ‘हम बहुत खुस हुआ’

२०७८ चैत्र ९, ०४:५६ खबर संवाददाता

काठमाडौंः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चर्चित भारतीय बलिउड अभिनेता सलमान खानसँग भर्चुअल संवाद गरेका छन्। भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताए। कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो।

हिन्दीमा बोल्दै मन्त्री आलेले भने, 'सलमानजी आप से मिलके हम बहुत खुस हुआ। हम आपको स्वागत करनेके लिए आतुर हे।' सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुसी लागेको बताए। आफूलाई नेपाल निकै मन पर्ने भन्दै उनले चाँडै नेपाल आउन लागेको बताए। 

मन्त्री आलेले सलमानलाई सगरमाथा आरोहणको निम्तासमेत दिएका छन्। जवाफमा सलमानले समय मिलाएर आफू सगरमाथा चढ्ने बताए। 
 

कमेन्ट लोड गर्नुस