सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको आक्रमणबाट फेरी एक जना घाईते

२०७५ माघ १५, ०३:४४ सीपी लोहीया

 बैतडीको शिवनाथ गाउँपालिका वडा नं ४ मकैलमा चितुवाको आक्रमणबाट फेरी एकजना घाइते भएका छन् । सोमबार साँझ साढेसातबजेतिर आफ्नै घरको अाँगनमा मकैलकी ४० बर्षीय दुरा चन्दलाई चितुवाले आक्रमण गरी घाइते बनाएको प्रहरीचौकी शर्मालीका प्रहरी सहायक निरीक्षक धनबहादुर खड्काले जानकारी दिए । चन्दको घुँडा तलतिर दुवै खुट्टामा घाउ रहेको र अवस्था समान्य रहेको उनले बताए । चन्दको उदयदेव स्वासथ्यचौकीमा उपचार गरिएको छ । २०७३ सालमा चन्दकी ३ बर्षीया छोरी चञ्चला चन्दलाई चितुवाले आक्रमण गरेर मारेको थियो । माघ २ गतेका दिन विद्यालय गईरहेका शिवनाथ ६ बसेडीका ११ बर्षीय रवीन्द्र धनाडीलाई पनि चितुवाले आक्रमण गरी घाइते बनाएको थियो भने गएको पौष ११ गते शिवनाथ ६ कै हिउँकला धनाडी पनि चितुवाको आक्रमणबाट घाइत भएका थिए । २०६८ साल यता चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा २३ जनाको ज्यान गईसकेको छ । पछिल्लो समयमा चितुवाले लगातार आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । स्थानीयहरुले चितुवालाई मार्नुपर्ने माग समेत गरेका छन् । 
 

सीपी लोहीया दिनेश खवरका बैतडी संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस