सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मदिरा सेवन गरेर सुतेका पुरूष मृत फेला

फाइल तस्बिर
फाइल तस्बिर
२०७८ चैत्र ९, ११:५२ खबर संवाददाता

बझाङ: बझाङमा मदिरा सेवन गरी राति सुतेका पुरूष मृत फेला परेका छन्। कैलालीको भजनी नगरपालिकाका ४० वर्षीय रामबहादुर चौधरी विहान मृत फेला परेको प्रहरीले जनाएको छ। 

मंगलवार साँझ साथीहरूसँग ‘लिची’ ब्राण्डको मदिरा सेवन गरेर सुतेका रामबहादुर बुधवार बिहान अबेर नउठेपछि उनका साथी किरण चौधरीले प्रहरीलाई खबर गरेका थिए। जयपृथ्वी नगरपालिका–१० चौगाई टोलमा बस्दै आएका रामबहादुर एक महिनादेखि दरमुकाम चैनपुरमा मजदुरी काम गर्दै आएका थिए।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस