सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ११ सयले घट्यो सुनको मूल्य

२०७८ चैत्र ९, ११:०६ खबर संवाददाता

काठमाडौं: नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज ११ सयले घटेको सुनचाँदी महासंघले जानकारी दिएको हो।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ पुगेको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रुपैयाँ थियो। आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँ कायम छ। हिजो चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो।

कमेन्ट लोड गर्नुस