दार्चुलाका प्रहरी प्रमुख फेरिए, प्रतिक विष्ट आउँदै
धनगढी: नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)हरूको काज सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ।
योसँगै प्रहरी प्रधान कार्यालयले डिएसपी इन्चार्ज हुने १० वटा जिल्ला प्रमुखहरु परिवर्तन गरेको छ। जसमा सुदूरपश्चिमको दार्चुला पनि परेको छ। दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टको सरुवा गरेर उनको ठाउँमा प्रतिक विष्टलाई पठाइएको छ। विष्ट प्रदेश नम्बर २ प्रहरी तालिम केन्द्र, धनुषामा कार्यरत थिए। उनी हालै कैलालीबाट सरुवा भएर त्यहाँ गएका थिए।