कैलालीको गोदावरी नगरपालिकाको कालोपत्रका योजनाहरुको लागत अनुमान तयार गर्न बाँकी
ग्राबेलका सयौ योजनाहरु कार्यान्वयन हुँदै
कैलालीको गोदावरी नगरपालिकामा कालोपत्रेको योजनाहरु स्वीकृत भएपनि लागत अनुमान तया पारेर अगाडी वढ्ने प्रक्रिया सुरु हुन सकेको छैन् । चालु आर्थिक बर्षका लागि कालोपत्रे र ग्राबेलका एक सय ५४ वटा योजनाहरुमध्ये कालोपत्रेका योजनाहरु सुरु हुन नसकेका हुन् । तर ग्राबेलका योजनाहरु भने धमाधम अगाडी वढिरहेका छन् । तीन लाख मुनिका ग्राबेलका योजनाहरु गरी करौडौं मुल्यका योजनाहरु धमाधम अगाडी बढिरहेका हुन् । कालोपत्रेको एउटा योजना र अघिल्लो आर्थिक बर्षमा सुरु भएका दुई वटा योजनाहरु वाहेक चालु आर्थिक बर्षको लागि बजेट विनियोजन गरिएका कालोपत्रेका योजनाहरुको प्रारम्भिक चरणको काम अझै सुरु हुन नसकेको हो ।
कैलालीको गोदावरी नगरपालिकाले चालु आर्थिक बर्षको ६ महिना वितिसक्दा पनि कालोपत्रेका योजनाहरु अगाडी नवढेका हुन् । ग्राबेलका योजनाहरु कार्यान्वयन भईरहेको अवस्थामा कालोपत्रेका योजनाहरु अगाडी वढ्न नसकेका हुन् तर ग्राबेलका सयौ योजनाहरु भने धमाधम कार्यान्वयन भईरहेका छन् । यसअघि नै छनोट भएका ग्राबेलका १४४ वटा योजनाहरुमध्ये ७६ वटा योजना सम्पन्न भईसकेको नगरपालिकाले जनाएको छ । त्यसमा तीन लाख मुनिका योजनाहरु कार्यपालिकाले वडालाई कार्यान्वयन गर्ने अधिकार दिएकोले वडाले पनि ग्राबेलका योजना अगाडी वढिरहेको ग्राबेलका योजनाहरु भने धामधम सञ्चालन भईरहेको गोदावरी नगरपालिका सुचना अधिकारी शिवराज भाटले जानकारी दिए ।
नगरपालिकाले कालोपत्रेका लागि भने बल्ल आएर योजना स्वीकृत गरेको छ । गत पुस २७ गते वसेको कार्यपालिकाको बैठकले १० वटा कालोपत्रेका योजना पास गरेको हो । योजना पास गरेपनि त्यसको लागत अनुमान र डिजाईन स्टिमेटको काम भने सुरु भएको छैन् । गोदावरी नगरपालिका वडा नम्बर ३ मा एउटा कालोपत्रेको योजना सम्पन्न भईसकेको छ । गत आर्थिक बर्षका दुई वटा योजना भने चालु आर्थिक बर्षमा सम्पन्न भएका छन् । कालोपत्रेका लागि तीन करोड ५९ लाखका योजनाहरु अगाडी वढाउने तयारी नगरपालिकाले गरेको छ ।
आर्थिक बर्षको आधार सिद्धिदा समेत कालोपत्रेका योजनाहरु कार्यानवयनको चरणमा जान सनक्दा असारे विकासले तिव्रता पाउने देखिएको छ । तर कालोपत्रे गर्ने समय केही ढिलो गरी मात्रै सुरु हुने भएकोले त्यो वेलासम्म लागत अनुमान तयार पारेर कार्यान्वयनका चरणमा जानका लागि तयारी थालेको नगरपालिकाको भनाई छ । चालु आर्थिक बर्षका लागि छनोट गरेका योजनाहरुलाई यसै आर्थिक बर्षभित्र सम्पन्न गराउने गोदावरी नगरपालिका सुचना अधिकारी शिवराज भाटको दावी रहेको छ ।