सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता

२०७८ चैत्र ८, ११:०१ खबर संवाददाता

बैतडी: स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ ओटा दल दर्ता भएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ६ गतेभित्र ती १५ दल दर्ता भएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए। 

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल निर्वाचन कार्यालयमा दर्ता भएका छन्।

 यस्तै नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस (विपी), नेपाल परिवार दल र नेपालका लागि नेपाली पार्टी पनि दर्ता भएका निर्वाचन अधिकारी फुयालले बताए। 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीमा ११ दल दर्ता भएका थिए। 

कमेन्ट लोड गर्नुस