कैलालीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
कैलालीको लम्कीचुहा नगरपालिका १० चुहामा सोमबार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि आफन्तले पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका छन्।
सुदूरपश्चिम प्रदेश ०१ ००९ प ३९२६ नम्बरको मोटरसाइकललाई लम्कीचुहा वडा नं १० चुहामा पश्चिमतर्फ जादै गरेको लु १ ख ८९३० नम्बरको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका २६ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते रावललाई लम्कीस्थित लालरत्न अस्पतालले उपचारका लागि नेपालगञ्ज अस्पताल रिफर गरेको थियो। अस्पताल पुगाए पनि भर्ना गर्न नपाउदै रावलको मृत्यु भएको थियो।
ठक्कर दिने ट्रक र चालक अहिले प्रहरी नियन्त्रणमा छ्न्। उचित क्षतिपूर्ति र कार्बाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारिएको हो।