विश्वासघात गरेको भन्दै एक महिला पक्राउ
काठमाडौं : विश्वासघात कसुरमा फरार १ जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ५४ वर्षिय बिमला श्रेष्ठ रहेकी छिन्।
उनलाई नवलपरासीस्थित रहेको जग्गा र जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी दिनुपर्ने दुई करोड छपन्न लाख नगद नदिई लुकीछिपी रहेको अवस्थामा काठमाण्डौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाण्डौँबाट खटिएको बिशेष प्रहरी टोलीले उनलाई काठमाण्डौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।