सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनआरएनएको चुनाव तत्काल नगर्न अन्तरिम आदेश

२०७८ चैत्र ८, ०६:२० खबर संवाददाता

ललितपुर: उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको चुनावसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको इजलासले आज सोमवार नेपालको संविधानअनुसार स्वच्छ प्रतिस्पर्धात्मकरूपमा चुनावमा भाग लिन पाउने अधिकारबाट वञ्चित हुने आशङ्का देखिएको उल्लेख गर्दै यो आदेश गरेको हो।

अदालतले यही चैत ९ गते दुवै पक्षलाई बोलाएर छलफल गर्ने तय गरेको छ। यो आदेशसँगै सङ्घको यही चैत १० र ११ गते गर्ने भनिएको चुनाव अदालतको अर्को आदेश नआएसम्मका लागि स्थगित भएको छ।

सङ्घको संस्थापन पक्षले एकपक्षीयरूफमा चुनाव गराउन लागको भन्दै चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यो निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि यो आदेश भएको हो। 

कमेन्ट लोड गर्नुस