सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका फेशन डिजाइनर सिनाल सम्मानित

२०७८ चैत्र ७, ०५:४३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराका सिलाई व्यवसायी तथा फेशन डिजाइनर श्याम सिनाल सम्मानित भएका छन्। नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले उनलाई उत्कृष्ट मोडलिङ फेसन डिजाइनर तथा सपकलाको कदर गर्दै सुदूरपश्मिबाट सिनाललाई सम्मानित गरेको हो। उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सम्मानपत्र हस्तान्तरण गरेका थिए। 

उनी विगत २० वर्षदेखि सिलाई व्यवसायीमा आवद्ध भएर विभिन्न कपडाहरुको डिजाइन गर्छन्। आफुसँग भएको पुर्खाैली पेशालाई आधुनीकरण गर्दै लैजाने हो र बजारको माग अनुसार व्यवसाय संचालन गर्ने हो भने उचित मुल्याङकन हुने उनले बताए।

उनले जुटको बोराबाट निर्मित कोट बनाएर सबैलाई चकित पारेका थिए। 

कमेन्ट लोड गर्नुस