सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा डेरा गरी बस्ने एक बालक मृत भेटिए

२०७८ चैत्र ७, ०४:१० खबर संवाददाता

धनगढीः कञ्चनपुरमा डेरा गरी बस्ने एक बालक मृत फेला परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिका ९ कालिका बजारमा डेरा गरी बस्ने बालक मृत फेला परेका हुन्। 

डोटी बडीकेदार गाउँपालिका ४ घर भएका टेकबहादुर लामाको छोरा १२ वर्षीय चित्रबहादुर लामा मृत भेटिएको प्रहरीले जनाएको छ। लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस