सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहोरमैला व्यवस्थापन र पानी प्रशोधन केन्द्र स्थापना गर्न स्वीकृति

२०७८ चैत्र ७, ०३:०२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र स्थापना गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। 

६ महिना अघि नै उक्त फोहोरमैला व्यवस्थापन र फोहोर पानी प्रशोधन केन्द्र स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन(डिपीआर) तयार भएको थियो। तर उक्त डिपीआर स्वीकृत भएको थिएन। 

कमेन्ट लोड गर्नुस