सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १४ वर्षीया किशोरी बलात्कृत

२०७८ चैत्र ६, ११:१० खबर संवाददाता

बैतडी: बैतडीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन्।  जिल्लाको शिवनाथ गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा डडेल्धुराका २ जनालाई पक्राउ गरिएको छ। 

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। तामाङले किशोरीलाई चैत ४ गते साँझ बलात्कार गरेको स्वीकार गरेको उनले बताए। 

उनीहरुविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस