सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ६, ०८:०७ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका-६ भुराकोटमा टेडुवातर्फ जाँदै गरेको से२प ९६३० नम्बरको मोटरसाइकल गत शुक्रबार (चैत ४ गते) दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँका ३० वर्षीय हस्ते चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस