सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र ६, ०७:१९ खबर संवाददाता

धनगढी : बैतडीमा ट्र्याक्टर दुर्घटना भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-१० भाटाला भन्ने स्थानमा शनिबार राति साढे आठ बजेतिर सुपप्र ०१००२ त ५५९८ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा चालक बर्दियाको ठाकुरद्वारा नगरपालिका-५ का ३२ वर्षीय अर्जुन थारुको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पातल पुर्याउँदा मृत घोषणा गरिएको थियो। 


 

कमेन्ट लोड गर्नुस