सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख सङ्क्रमित

२०७८ चैत्र ५, ०८:५४ रासस

सोलः दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ सङ्क्रमित भएका हुन्।

थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ।  पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे तीन लाखभन्दा बढी भएका छन्।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेपछि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको हो। 


 

कमेन्ट लोड गर्नुस