सुदूर नेपाललाई विश्वसँग जोड्दै

विस्फोटमा ४ अफगान बालबालिकाको मृत्यु

२०७८ चैत्र ५, ०७:५१ रासस

काबुल: अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो। 

युद्धको अवशेषको रूपमा रहेको उक्त बम  दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको  मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। ल्यान्डमाइन, एन्टि(पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपाङ्ग हुने गरेको आधिकारिक स्रोतले जनाएका छन्। शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो र तीन जना घाइते भएका थिए।

कमेन्ट लोड गर्नुस