नेपाली सेनाको हेलिकप्टर ३ जना बोकेर तीनतिर
धनगढीः नेपाली सेनाको हेलिकप्टर आज तीन जना विशिष्ट पाहुना बोकेर मुलुकको तीनतिर पुगेको छ। बिहान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाटै दोलखा,रामेछाप र काभ्रेपलाञ्चोकमा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएर अपरान्ह राजधानी फर्किएका छन्।
उता गृहमन्त्री बालकृष्ण खाँण पनि नेपाली सेनाको एनए ०६६ कल साइन भएको बेल हेलिकप्टरमा गृहजिल्ला रुपन्देही पुगेका छन्। मन्त्रीसहित ६ जनाको टोली बोकेर हेलिकप्टर बिहान साढे १० बजे पश्चिमतर्फ उडेको विमानस्थल स्रोतले बताएको छ। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले पनि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्। उनी सेनाको एनए ०४५ कल साइन भएको हेलिकप्टर चढेर सिन्धुली गएका हुन्।
उनीसहित पाँच जनाको टोली बोकेर उक्त हेलिकप्टर बिहान ११ बजे पूर्वतर्फ उडेको थियो।