धनगढीमा शैक्षिक सम्मेलन हुँदै
धनगढीः धनगढीमा एक्सपर्ट शैक्षिक सम्मेलन हुने भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा आगामी साेमबार चैत ७ गते धनगढीमा एक्सपर्ट शैक्षिक सम्मेलन हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।
शैक्षिक सम्मेलनमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिनसक्ने र उनीहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए। उनले अभिभावकहरु पनि आउन सक्ने बताए। शैक्षिक सम्मेलनमा विदेशका विभिन्न विश्वविद्यालयहरुका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ। उनीहरुले आफ्ना विश्वविद्यालयले पठनपाठन गराईरहेका विषयहरुका बारेमा विद्यार्थीहरुलाई अवगत गराउनेछ।
पाँच बर्षअघि धनगढीमा स्थापना भएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढी शाखाले वर्षमा दुई पटक विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी दिदै आएको छ। अष्ट्रेलिया क्यानडा वेलायत अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्याथीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले धनगढीबाट सुविधा दिँदै आएको छ। उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको छ।