सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गौरीगंगा नगरपालिकाको कालोपत्रे सडकको योजना टुङगो लाग्न सकेन्

कालोपत्रे र ग्रावेल गर्नका लागि सडक छनोटमै सकस

२०७५ माघ १४, १०:१६ कमल सावद

चालु आर्थिक बर्षको ६ महिना वितिसक्दा पनि कैलालीको गौरीगंगा नगरपालिकाले कालोपत्रे र ग्राबेल सडकको विवरण तयार गर्ने सकेको छैन्। नगर क्षेत्रमा निर्माण हुने कालोपत्रे सडक मात्र हैन ग्राबेल सडकको पनि समिति गठन पूण भएको छैन्। कुन–कुन सडकमा कालोपत्रे गर्ने ? कति किलोमिटर सडक ग्राईभेल गर्ने ? कुन सडकका लागि कति रकम आवश्यक हुन्छ त्यो तथ्याँक नगरपालिकासँग छैन्। आर्थिक बर्षको आधा समय गएको छ तर नगर क्षेत्रमा निर्माण हुने सडकको बारेमा अन्यौलता रहेको छ।  गौरीगंगा नगरपालिकाका ११ वडाहरु रहेका छन् । प्रत्येक वडालाई कम्तीमा २५ लाख रकम सडक ग्राबेलका लागि वितरण गरिएको छ। 

नगर क्षेत्रका सडकहरुको कालोपत्रेका लागि १० करोड रकम विनियोज गर्ने नगरपालिकाको योजना छ। गौरीगंगा नगरपालिकाले १० करोड रकम कालोपत्रे सडकका लागि विनियोजन गरेको बताएको छ। तर नगर क्षेत्रका कुन सडकलाई कालोपत्रे गर्ने ? १० करोड रकमले कति किलोमिटर सडक कालोपत्रे गर्न सकिन्छ त्यो तथ्याँक नगरपालिकाले निकालेको छैन्। १० करोड रकमले नगर क्षेत्रका ११ ओटै वडाहरुमा मुख्य सडकहरु कालोपत्रे गर्ने देखिएको छ। तर कुन वडामा कति किलोमिटर सडक कालोपत्रे गर्ने भन्ने योजनादे अझै पूर्णता भएको छैन्। नगरपालिकाका ईन्जिनियरहरुले सर्वेको काम नगरेकाले कालोपत्रे सडकका बारेमा वडा अध्यक्षहरु अन्यौलमा रहेको गौरीगंगा नगरपालिकाको वडा नम्बर ९ का अध्यक्ष हरिप्रसाद तिवारीले बताए।

प्रत्येक वडालाई २५ लाख रकम सडक ग्राबेलका लागि नगरपालिकाले विनियोजन गर्नेछ। तर वडाहरुलाई सडक ग्राबेल बाफतको रकम विनियोज भएको छैन्। ८० प्रतिशत योजनाहरुको सम्झौता भएको बताउने नगरपालिकाले कुन वडामा कति किलोमिटर सडकमा ग्राबेल गर्ने भन्नेमा अन्यौल्ता देखाएको छ। वडा कार्यालयहरुले कुन सडकमा ग्राबेल गर्ने त्यो विवरण नगरपालिकालाई नदिएको उप–मेयर अञ्चला चौधरीले बताईन्। ईन्जिनियरले लागत स्टिमेट निर्माण नगरेकाले वडाहरु कार्यालयहरुलाई पनि अन्यौलता छ। नगर क्षेत्रमा २१ किलोमिटर सडक ग्रावेल समापन भएको छ। कालोपत्रे सडक भने सुरु भएको छैन्। ठुला  सडकका कुनै योजनाहरुको पनि ठेक्का नभएको नगरपालिकाका ईन्जिनियर  दाताराम जोशीले बताए। नगरपालिका संसद विकास कोष, प्रदेश र संघिय सरकारका सडकका योजनाहरुमा पनि अन्यौलमा देखिएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस