आमाको शवसँग १० वर्षका श्याम ३ दिनसम्म एक्लै बसे, आफैं खाना पकाएर खान्थे
काठमाडौंः आन्ध्र प्रदेशको चित्तुर जिल्लामा १० वर्षका एक बालकले आफ्नी आमाको साथमा तीन दिन बिताएका छन्। ती बालकको नाम श्याम प्रसाद हो। उनी आमाको शवसँग तीन दिनसम्म यसकारण थिए किनकि उनलाई आफ्नी आमाको मृत्यु भइसकेको थाहा भएन।
ती तीन दिनसम्म श्याम आफैं खाना बनाउँथे र स्कुल जानको लागि आफैं तयार हुन्थे। बीबीसीका अनुसार तीन दिनपछि मात्रै उनले आफ्ना मामा लक्ष्मी प्रसाद रेड्डीलाई आफ्नी आमाको शरीरबाट दुर्गन्ध आइरहेको बताए। त्यसपछि उनका मामा श्याम प्रसादको घर गए। त्यहाँ उनले श्यामकी आमाको मृत्यु भइसकेको थाहा पाएपछि पुलिसलाई खबर गरेका थिए।