डोटीको वगलेकमा होमस्टे सञ्चालन
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा पर्यटन आगमन वढ्दै गएका वेला डोटीको वगलेकमा होमस्टे सञ्चालन गरिएको छ । खप्त जाने पर्यटकहरुलाई सहजताका लागि पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा होमस्टे सञ्चालन गरिएको हो । झिग्राना सम्म सडक पुगेका कारण वगलेका ५ घरमा होमस्टे अर्थात घरवास सञ्चालन भएपछि त्यहाँ जाने पर्यटकहरुलाई सहजता हुन थालेको छ । यसले आगामी दिनमा अझ पर्यटकहरुको संख्या वढाउने आशा गरिएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा पर्यटन आगमन वढ्दै गएका वेला डोटीको वगलेकमा होमस्टे सञ्चालन गरिएको छ । खप्त जाने पर्यटकहरुलाई सहजताका लागि पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा होमस्टे सञ्चालन गरिएको हो । यसले आगामी दिनमा अझ पर्यटकहरुको संख्या वढाउने आशा गरिएको खप्तड निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले बताए ।
चालु आर्थिक बर्षको सुरुवातको समय खप्तड घुम्न जाने सिजन नभएपनि त्यहाँ घुम्न जानेको संख्या भने वढिरहेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेका छन् । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेका वगलेकमा पर्यटकहरुकै सेवा सुविधाका लागि होमस्टे सञ्चालन गरिएको हो । खप्तड क्षेत्रमा पर्यटन गतिबिधि बढाउन खप्तड प्रवेशद्धार बगलेकमा होमस्टे अर्थात घरबास सञ्चालन गरिएको एक जना होमस्टे सञ्चालक कैलाश सावदले बताए । डोटीको पूर्वीचौकी गाउँपालिका होटल व्यवसायी संघ डोटी र पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ को संयुक्त लगानीमा बगलेक गाउँका ५ घरमा होमस्टे सुरु गरिएको हो । स्थानीय वासिन्दाहरुलाई आवश्यक सामाग्री दिनुका साथै तालिम दिएर होमस्टे सञ्चालन गरिएको हो । सो क्षेत्रका १० घरमा होमस्टे सञ्चालन गर्ने व्यवस्था मिलाउने काम पनि भईरहेको छ । तत्काल ठुलो लगानीमा होटेल स्थापना गर्न नसकिने भएकोले पर्यटकहरुको सहजातका लागि होमस्टे सञ्चलान गरिएकोले यस पर्यटकहरुको संख्या अझ वढ्ने आशा गरिएको होटेल व्यवसायी संघ डोटीका अध्यक्ष दिपकवहादुर खड्काले बताए ।
झिग्रानासम्म सडक पुगेका कारण वगलेका ५ घरमा होमस्टे अर्थात घरवास सञ्चालन भएपछि त्यहाँ जाने पर्यटकहरुलाई सहजता हुन थालेको छ । खप्तड क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जङ्गली जनावर समेत हेर्न सकिन्छ । त्यहाँ रहेका त्रिवेणीधाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । खप्तड क्षेत्रमा जेठमा गङ्गा दशहरा मेला तथा जनै पूर्णिमाका दिन जात्रा लाग्छ । जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको छ । खप्तड क्षेत्रमा पर्यटकहरुको सहजताका लागि आगामी दिनमा पनि लगानी गर्ने योजना पुर्वीचौकी गाउँपालिकाको गाउँपालिकाका अध्यक्ष दिर्घ सिंह वोगटीले बताए ।