‘चिकित्सा शिक्षा विधेयक पहाड खनेर मुसा निकाले जस्तै छ : विवेकशील
विवेकशील साझा पार्टीले चिकित्सा शिक्षा विधेयक ‘पहाड खनेर मुसा निकालेजस्तै’ भएको बताएको छ ।
राजधानीमा आइतबार सो पार्टीले सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौता विपरीत विधेयक पारित भएको भन्दै विरोध स्वरुपद्ध प्रदर्शन र सभा आयोजना गरेको थियो। सभामा सो पार्टीका प्रवक्ता डा. सुर्य आचार्यले भने, ‘चिकित्सा शिक्षा विधेयक पहाड खनेर मुसा निकालेजस्तै छ, संसदीय सर्वाेच्चता जनताको हितमा वा सीमित व्यापारीको हितमा प्रयोग गर्ने हो? यो आजको यक्ष प्रश्न हो।’
सभामा मुगुको विकट मुर्मा गाविसमा स्वास्थ्य चौकी स्थापनाका लागि अगुवाई गरेका समाजसेवी एवं अभियन्ता बिर्खबहादुर रोकायाले कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँच नहुँदा आफ्ना तीन छोरा गुमाउनु परेको पीडा सुनाए।
राजधानीको माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको थियो।