सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐन कानुनका विषयमा जानकारी नराख्दा स्थानिय लेखा परीक्षणमा समस्या

। फोटो स्रोत ।
२०७५ माघ १३, ०६:४७

महालेखा परीक्षक टंकमणि शर्मा दंगालले स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक खरिद ऐन र कानुनका विषयमा जानकारी नराख्दा स्थानीय तहको लेखा परीक्षणमा ठूलो समस्या सुरु भएको बताएका छन।
आज आयोजित लेखा परीक्षण सम्बन्धी छलफलमा उनले स्थानीय तहको लेखा परीक्षणका क्रममा ४५ प्रतिशत कागजात नै नभेटिने गरेको बताए।
स्थानीय तह र सरकारी कार्यालयमा कार्यरत लेखा अधिकृतलाई नियमको एउटा धर्को समेत नमिच्न उनले निर्देशन दिए। कार्यालय–कार्यालय र स्थानीय तह डुल्ने र अडिट गर्ने देश संसारमा नेपाल बाहेक कहीँ नभएको बताउँदै शर्माले महालेखा परीक्षकको कार्यालयका लागिमात्र नभई आफ्नै लागि लेखा राम्रो राख्न स्थानीय तहका जनप्रतिनिधि, कार्यालय प्रमुख र लेखा अधिकृतहरुलाई सुझाव समेत दिएका छन्।
 

कमेन्ट लोड गर्नुस